

युक्रेन संकट : रुसद्वारा मारियोपोलमा युद्धविरामको घोषणा
बैशाख १३,काठमाडौं ।रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् । रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी प्रान्त ल्भिभ र रिभ्नेमा पनि गोली चलेको खबर आएको छ । युक्रेनको वायुसेनाले खार्किभ क्षेत्रमा रुसी विमान खसालेको दाबी गरेको छ, यद्यपि पाइलट बाहिर निस्कन सफल भएका छन् । अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईए र अन्य विदेशी गुप्तचर निकायले रुसमा आतंकवादी हमलाको योजना बनाएको आरोप लगाएका छन् ।पुटिनले अमेरिका र युरोपले अनौठो कूटनीति गरिरहेको र युक्रेनमा हतियार पठाइरहेको बताए ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१७ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



