

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मोरङ माघ १५ सुन्दरहरैचा नगरपालिका-४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिललाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएको थियो भने घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार ईलाम सूर्योदय नगरपालिका-१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
नुवाकोट, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा किस्पाङ गाउँपालिका-३ अर्काबेशी बस्ने २० वर्षीय परिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किस्पाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



