

बिद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा संलग्न फरार व्यक्ति पक्राउ
काठमाडौं माघ १५ ।
बिद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रही फरार रहेको अभियोगमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
खनाललाई बैदेशिक रोजगारबाट फर्कने क्रममा महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खानलले बैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग म्यासेन्जरमा कुराकानी गर्ने क्रममा ललाई फकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारी दु:ख हैरानी दिई पीडितको नग्न तस्वीर / भिडियो प्राप्त गरी निजको श्रीमान् लगायत अन्य आफन्तजनमा सार्वजनिक गरी दिने भनि ब्ल्याकमेल गरेको कसूरमा मुद्दा दर्ता भई फरार रहेका थिए ।
उनी उपर आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



