

यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
समाज
थप सामाग्री-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि दुष्प्रचार र धम्की प्रेस स्वतन्त्रतामाथिको आक्रमण : पत्रकार महासंघ काठमाडौं
-
आज जेठ १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
मापसेका कारण वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु
-
मधेशकै उत्कृष्ट बन्यो पर्सा प्रहरी, एसपी सुदीपराज पाठक सम्मानित
-
आज जेठ ११ गते सोमबार, यस्तो छ तपाईको राशिफल
काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृहकार्य तीव्र
१ दिन अगाडि
2.3kViews 363 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय…



