

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन
बैशाख २४,काठमाडौं ।यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो ।विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तन शीलताका कारकलाई समेत मध्यनजर गरी सो आँकलन तयार पारेको जनाइएको छ ।विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आँकलन, विभागको आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार मानेको जनाइएको छ ।विभागले सन् २०२० देखि आफैं पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आँकलन गर्दै आएको छ । विभागकी वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आँकलन गरी यस्तो विवरण सार्वजनिक गरिएको बताइन् । उनले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर यस्तो तथ्य निकाल्ने गरिएको बताइन् ।उनका अनुसार, ३३।३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६.६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था रहेको मान्ने गरिन्छ । यो समाचारराजधानी दैनिकमा छ ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१८ घण्टा अगाडि
1.7kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



