

१० वर्षीया बालिका हत्यामा संलग्नपक्राउ
पर्सा माघ १६ ।
वीरगंज महानगरपालिका-१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका-१६ घर भएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१६ बस्ने मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मीलाई माघ २ गते प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको चेपमा गत पुस २४ गते ढुंगा प्रहार भएको अवस्थामा ती बालिकाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनामा संलग्न कुर्मीलाई वीरगंज महानगरपालिका-१६ ईनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले उक्त घटना घटाएको खुल्न आएको हो ।
उनी उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१२ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



