

विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं माघ १६ ।
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरिक राहदानी नम्बर एजे १४६९१३३ वाहक ३३ वर्षीय हाफिज एटिक अर रहेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलामा रहेको साउदी रियाल ४७ हजार १ सय ५०, युएई दिराम ४ सय, ओमानी रियाल ५.५ र ३ सय बैसा र भारतीय रुपैया १ सय फेला पारेको हो ।
उनलाई बरामद विभिन्न मुद्रा सहित आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१२ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



