

चट्याङबाट ५ जनाको मृत्यु, १२ जना घाइते
बितेको २४ घण्टामा हावाहुरी र चट्याङमा परेर ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ११ स्थित भोजाड जङ्गल स्थित भित्री सडकखण्डमा गुडिरहेको ना २ ह २२४७ नम्बर को अटोमा हावाहुरीको कारण रुख ढलि च्यापिन जाँदा २ जनाको मृत्यु भएको हो । यस्तै घाइते २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चितवनकै बसेनीमा गुडिरहेको ना१ज ६१४० नम्बरको म्याजिकमा हावाहुरीले रुख ढल्दा म्याजिक चालकको मृत्यु भएको छ ।
यसैगरी कैलालीको लम्किचुहा नगरपालिका ८ गोप्का स्थित भित्री सडकमा गुडीरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण सुकेको रुख ढल्न जाँदा बसमा सवार ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका ३ सावाकटहरे चण्डीथान बस्ने बर्ष ४३ की महिलाको चट्याङ लागेर मृत्यु भएको छ । उनी शौचालय गएको बेला चट्याङ परेको प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।
यस्तै यसैगरी सुनसरीको तरहरामा पनि चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मोबाइल चलाएर बसिरहेको बखत च्ट्याङ लागेको थियो । यसैगरी प्युठानको झिमरुक गाउँपालिका ५ माझगाँउ बस्ने बर्ष २५ की महिला आफ्नै घरमा बसिरहेको अवस्थामा नजिकै परेको चट्याङ्गको झड्का लागेर घाइते हुन पुगेको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१८ घण्टा अगाडि
1.7kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



