

सवारी दुर्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल
जेठ १३, काठमाडौं ।भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।
शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।
उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ।
टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।
रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर ‘सिटीस्क्यान’ गरिएको छ।
‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ।’
रेनुको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै गंगाले बताइन्।यो समाचार सेतोपातीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



