

रेन्टुरेन्टबाट अनलाइन जुवाखेलाउने ७४ जनापक्राउ
काठमाडौं, माघ १७ । काठमाडौंबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरू एकैपटक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् ।
दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका थिए । सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेको एसएसपी गिरीले जानकारी दिए ।
काठमाडौंमा एकैदिन अनलाइन जुवा खेलाउने ७४ जना पक्राउ परेको यो पहिलोपटक हो । उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ ।
महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१२ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



