

अवैध लागूऔषध सहित पक्राउ
स्याङ्जा माघ १७ ।कालिगण्डकी गाउँपालिका-५ जयपतेबाट सोही ठाउँ बस्ने २१ वर्षीय सुमित बिक र गल्याङ नगरपालिका-२ गराङदी बस्ने २२ वर्षीय असिम बिकलाई अवैध लागूऔषध १ केजी ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लु.५२ प ५२११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको प्रहरीले चाँज गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ हरियाली नगर बस्ने ३६ वर्षीय सन्तोष तुलाचन र सोही ठाउँ बस्ने २३ वर्षीय सुरज रजाली मगरलाई नियन्त्रित लागूऔषध १ हजार ९ सय २७ एम्पुल प्रोक्सिमेड स्पास, २३ एम्पुल नाईट्राभेट, कोडिवेल लेखेको १ सय एमएलको १ सिसि, कोडिन फस्फेट लेखेको १ सय एमएलको १ सिसि, ५० ग्राम गाँजा र नगद ११ हजार १ सय १५ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्तोषको घरमा लागूऔषध राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ हरियाली नगर बस्ने ३६ वर्षीय सन्तोष तुलाचन र सोही ठाउँ बस्ने २३ वर्षीय सुरज रजाली मगरलाई नियन्त्रित लागूऔषध १ हजार ९ सय २७ एम्पुल प्रोक्सिमेड स्पास, २३ एम्पुल नाईट्राभेट, कोडिवेल लेखेको १ सय एमएलको १ सिसि, कोडिन फस्फेट लेखेको १ सय एमएलको १ सिसि, ५० ग्राम गाँजा र नगद ११ हजार १ सय १५ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्तोषको घरमा लागूऔषध राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१० साथी कृष्ण कटेज नजिकबाट जानकी गाउँपालिका-२ बस्ने २८ वर्षीय पारसमणि बर्मा र २६ वर्षीय ओम प्रकाश वर्मालाई २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट प्लाष्टिकमा लुकाई राखेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१२ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



