केन्द्रीय कारागारका नासु गोविन्द भन्छन –

                                                                              हाम्रो भनाई :                    राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने ‘जनरक्षा डटकम’को उद्देश्य हुँदै होइन । तर, राष्ट्रसेवकको खोल ओढेर गरिएका विकृती, विसंगतिका विरुद्ध चिरफार गर्नु जनरक्षाको दायित्व हो । केन्द्रीय कारागारभित्र नायव सुब्बा गोविन्द प्रसाद खतिवडाले गरेका मनलागि क्रियाकलापबाट त्यहाँ रहेका सयौं थुनुवा सरकारद्धारा पाउनु पर्ने सुविधाबाट वञ्चित भएको गुनासो, कैदी भेटघाटका लागि कारागार गएर फर्कने आगन्तुकका गुनासोलाई जनरक्षाले समाचारका रुपमा प्रस्तुत गरेको हो । जनरक्षाले नायव सुब्बा गोविन्दलाई व्यक्तिगत रुपमा सुध्रनका लागि मौका दिन्छ, तर समाचारको स्रोत खोल्न पत्रकारिताको धर्मले दिँदैन भन्ने हेक्का रहोस् ।
जनरक्षामा समाचार प्रकाशित भइसकेपछि केन्द्रीय कारागारभित्रका थप गुनासा प्राप्त भइरहेका छन्, त्यसको छानविनका क्रममा जनरक्षा लागि परेको जानकारी गराइन्छ । -समाचारदाता, जनरक्षा डटकम

Facebook Comments Box
TOP
287 Shares