

ओली सरकारका सबै मन्त्री एक वर्षमा फेरिन्छन् : मन्त्री गुप्ता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरू एक वर्षमा फेरिने बताएका छन् ।
रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एक वर्षमा मन्त्रीहरूको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको जिकिर गरे । अब आफूहरू प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने उनले बताए ।
मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको धारणा राखे ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१४ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



