

पत्रकार आइजिपी का सल्लाहकार !
काठमाडौं असार २३ । प्रायजसो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आर्मी हेडक्वाटरतिर विभिन्न ओहोदाका हाकिमसँग कुम जोडेर बस्ने यी व्यक्तिको देखाउने परिचय चाहीँ पत्रकार हो । तर, यीनी कुन सञ्चार क्षेत्रसँग आवद्ध छन्, त्यो पनि चासोकै विषय बनेको छ ।
सुधाकर राजेश नामको फेसबुकमा उनले अनलाईन खबर, नयाँ विकल्प, नेपाल टेलिभिजनमा रिपोर्टरका रुपमा कार्यरत रहेको लेखे पनि उनलाई पत्रकारका रुपमा भने स्वयम् पत्रकारले नै चिन्दैनन्, जान्दैनन् पनि । पत्रकार महासंघको पार्षदका रुपमा पनि उनले आफ्नो परिचय दिएका छन्, फेसबुकमै ।
प्रहरी र आर्मीका केही हाकिमसँग सम्पर्कमा रहने उनको धन्दा भनेको सिपाहीदेखि असई सई सम्मको सरुवामा दलाली गर्नु हो । आफूलाई साईभक्त भन्न रुचाउने सुधाकर राजेश साईकै नाममा व्यक्तिविशेषलाई प्रभावमा पार्ने र शुभलाभ लिने कार्यमा माहिर छन् ।
पछिल्लो समय आफूलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको सल्लाहकार बताउँदै हिँड्ने उनी त्यसअघि पनि थुप्रै प्रहरीका उच्च अधिकारीको नाममा गलत धन्दा गर्दै आएका थिए । मेची महाकाली दौडाहामा रमाउने उनको मुख्य धन्दा भनेकै प्रहरीका सिपाहीदेखि असई सईसम्मको सरुवा गराउने, सिपाहीको नयाँ भर्नामा छिराउने र दाम लुँड्याउने उनको नानीदेखिकै बानी बनेको छ ।
कुन्नी कस्तो प्रभाव देखाएर हो उनले प्रहरीका उच्च पदमा आसिन थुप्रैको मन जितेका त छन्, तर कुन दिन तिनै अधिकारीलाई बद्नाम तुल्याउने हुन् ?यसविषय मा बुझ्न सुधाकर राजेश लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
समाज
थप सामाग्री
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
१५ घण्टा अगाडि
1.6kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५०…



