

रास्वपाको सडक प्रदर्शन दण्डनीय छ : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सहकारी संस्थाको बचत रकम दुरुपयोग गर्ने पीडक पक्षको सडक प्रदर्शन अपराधिक र दण्डनीय भएको बताएका छन् । जनताको अरबौं रकम लुट्ने ठगहरुको पक्षपोषण हुने गरी भीड, उत्तेजना र अराजकता प्रदर्शन गर्ने कार्यको उनले निन्दा गरेका छन् ।
बस्नेतले भने, ‘यो मुलुकमा छताछुल्ल रुपमा सतहमा आइसकेका भ्रष्टाचार, ठगीलगायतका अनेकौं काण्डहरु लुकाउने गरिएको छ, सामसुम पारिएको छ । रास्वपा अन्य काण्डजस्तै आफ्नो सभापति जोडिएको सहकारीको मुद्दालाई राफसाफ पार्न चाहन्छ ।’ सडकमा भइरहेका अवाञ्छित गतिविधि अन्ततोगत्वा उसैलाई प्रत्युपादक हुने उनको तर्क रहेको छ ।
राज्य संयन्त्रकै लापरबाही र सरकारको उदासीनताले नै सहकारी संकट आज यो अवस्थामा पुगेको बताउँदै सहकारी रकम दुरुपयोगको विषयमा निष्पक्षरुपमा छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



