

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी
नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन्।
मन्त्रिपरिषदको सोमबार बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारले बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीबाट केसीलाई नियुक्त गरेको उनले बताए।
गत असार पहिलो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त पेस गर्न आह्वान गरेको थियो।
केसी गत वैशाखमा कांग्रेस प्रवेश गरेका थिए। उनले कला क्षेत्रमा थप योगदान पुर्याउने उद्देश्यले कांग्रेसमा प्रवेश गरेको बताएका थिए।
‘म एउटा कलाकार हुँ। मैले यही क्षेत्रमा काम गरेको ४० वर्ष भइसक्यो। तर नेपाली फिल्म क्षेत्रले खासै सफलता नपाउँदा सधैं चिन्तित हुन्थेँ। त्यसैले नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रवेश गरेको हुँ। कांगेसका नेताहरूले नेपाली कला क्षेत्रलाई अगाडि बढाउने विश्वास दिलाउनुभएको छ,’ उनले त्यो बेला सेतोपाटीसँग भनेका थिए।
२०७० सालमा उनी एमालेमा सक्रिय थिए। स्थानीय चुनावको घोषणा भएसँगै उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारमा उठाउन लागेको घोषणा गरेको थियो। त्यसपछि उनले आफूले त्यो पार्टीबाट मेयरमा नउठ्ने बताएका थिए।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



