खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सलाई आइतबार बधाई तथा शुभकामना दिँदै बस्नेतले खेलकुद क्षेत्रमा राजनीतिको फोहोरी खेल खेल्न नहुने बताएका हुन् ।

देशमा युवा शक्तिको पलायन बढ्दो छ । खेलकुदको व्यवसायिकरण गरी युवालाई मुलुकमै आत्मनिर्भर बनाउनेबारे सोच्नुपर्ने बेला भएको छ । त्यसका लागि संघीयताको मर्मअनुरुप खेलकुद क्षेत्रको संरचना निर्माण र विकास गर्नुपर्छ, बस्नेतले भने ।

घर परिवार, विद्यालय र समाजले समेत खेलकुदप्रति नकारात्मक भाव राख्ने प्रवृत्ति रहेकोमा पछिल्लो समयमा यसमा परिवर्तन आइरहेको उनले बताए । खेलकुदलाई प्रमुख नभई अतिरिक्त मान्ने हाम्रो बुझाइलाई सच्चाउनु पर्नेमा बस्नेतले जोड दिए ।

खेलकुदले मुलुकलाई भावनात्मक रुपमा जोड्ने कामसमेत गरेको उनले बताए ।

Facebook Comments Box
TOP
321 Shares