

थुप्रियो राजधानीमा फोहोर
काठमाडौं उपत्यकाको सडकछेउमा फेरि फोहोर थुप्रिन थालेको छ। उपत्यकाका विभिन्न सहर तथा गल्लीहरूमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ।सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेबाट फोहोर फाल्न रोक्ने बताउँदै आएका छन्।उनीहरूले दिएको समयसीमा अगाडिनै काठमाडौंमा पुनः फोहोर थुप्रिन थालेको हो।
यसैबीच महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसक्दा पनि पहिरो र बाटो मर्मतका कारण कार्यान्वयन हुन सकेको छैन।
काठमाडौं महानगरका सह-प्रवक्ता महेश काफ्लेले बञ्चरेडाँडा र सिसडोल जाने बाटो पुनः बिग्रिएको कारण फोहोर उठ्न नसकेको बताए। सिसडोल जाने बाटोमा माथि डाडाँबाट माटो खसेर बाटो पुनः अवरूद्ध भएको छ। गाडीहरू पनि फसेका छन्,’ उनले भने, ‘त्यसैले फोहोर उठ्न नसकेको हो।’काफ्लेले सडक विभागलाई पनि सडक बनाउन अनुरोध गरिसकेको र केही दिनपछि फोहोर पुनः उठ्ने बताए।
‘हामीले सडक विभागलाई भनिसकेका छौं। म पनि भर्खर मात्र सिसडोल पुगेर अवलोकन गरेि आएको हुँ,’ उनले भने, ‘पाँच-छ दिनमा फोहोर उठ्छ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनशक्ति थप गरेर सडक निर्माण सम्पन्न गर्ने र फोहोर उठाउन सुरू गर्ने भनिएपछि अझै फोहोर उठेको छैन।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



