

अनलाइन फर्म कीर्ते गर्ने ३ जना पक्राउ
काठमाडौं माघ २२, राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।
काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित राहदानी बिभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर कीर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१७ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



