हराएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिए
काठमाडौँ । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजबिन पछि भेटिएका ती सवारी साधन मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार ६ ओटा मोटरसाइकल र १४ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरिएको बताए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँ बसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
समाज
थप सामाग्री-
उपत्यकामा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन एसपी नरेश सुवेदीको निर्देशन
-
आज चैत्र ०१ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
-
काठमाडौंको जोरपाटीमा सञ्चालित “हाम्रो गुठी”मा भ्रष्टाचार गरेको आरोप, बुबाको मृत्यु हुँदापनि गुठियारले पाएनन राहत
-
आज फागुन २९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
आज फागुन २८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
४ दिन अगाडि
6.2kViews 448 Shares Share on Facebook Share on Twitter मेष- आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर…



