

उपत्यकामा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन एसपी नरेश सुवेदीको निर्देशन
काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीलाई जिम्मेवार र अनुशासित रूपमा खटिन निर्देशन दिइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले आज कार्यालयको निरीक्षण गर्दै कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई सेवामुखी, अनुशासित र शिष्ट व्यवहारका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको हो।
निरीक्षणका क्रममा एसपी सुवेदीले सडकमा खटिने ट्राफिक प्रहरीहरू नागरिकसँग नम्र र सहकार्यात्मक व्यवहार गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न चोक–चोकमा सतर्कता बढाउन, नियम उल्लङ्घन नियन्त्रण गर्न तथा यात्रु र चालकलाई सचेतना दिन पनि निर्देशन दिनुभएको छ।
साथै, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै सुरक्षित, व्यवस्थित र अनुशासित सडक संस्कृतिको विकासमा सबै ट्राफिक प्रहरी सक्रिय रूपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उपत्यकामा बढ्दो सवारी चाप र सडक दुर्घटनालाई नियन्त्रण गर्न ट्राफिक प्रहरीको सक्रियता र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको भन्दै एसपी सुवेदीले जनताको भरोसा कायम राख्ने गरी सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



