

भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामान सहित पक्राउ
झापा माघ २२ शनिबार । मेचीनगर नगरपालिका-२ भृकुटी तितिरी चोकबाट भरूवा बन्दुक बनाउन प्रयोग हुने फलामको पाईप ७ थान, बारूद बनाउन प्रयोग हुने गन्धक जस्तो पदार्थ ३ किलो र बारूद बनाउन प्रयोग हुने सोडा जस्तो पदार्थ ५७ किलो सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-४ आमडाँगी बस्ने २० वर्षीय धनपती भारती र तेह्रथुम आठराई गाउँपालिका-५ बस्ने ६२ वर्षीय तेजमान लिम्बु रहेका छन् । बाहुनडाँगीबाट भृकुटीतर्फ जाँदै गरेको मे.१ ह ६०५६ नम्बरको टेम्पोमा लुकाई ल्याएको उक्त सामानहरु फेला परेको भन्ने खबर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीले ईलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले टेम्पो, टेम्पोका चालक धनपती र उक्त सामानको धनी तेजमानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१७ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



