

नेपालको जन्म राजसंस्थाबाट भयो : ई.चिरञ्जीवी भटराई
ई.चिरञ्जीवी भटराई
नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग, बिज्ञान प्रबिधि केन्द्र तथा अस्पताल औषधि, उद्योग, निर्माण सामग्री उद्योग, प्रहरी संगठन, सेना संगठन, बायुसेवा निगम, रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रकारिता, कला संस्कृति संगठन, नाचघर, प्रज्ञाप्रतिस्ठान, समाज कल्याण परिषद, महिला आयोग, संयुक्त रास्ट्रसंघमा सदस्य सार्क अन्तरास्ट्रिय सम्बन्ध, समाचार समिति, टेलिफोन, कृषि तालिम केन्द्र, सिंचाइ कुलोलगायत हरेक बिकासका एकएक पूर्वाधारहरु सबै राजसंस्थाले निर्माण गरेका हुन् ।
इतिहासको हरेक कालखण्डमा बिदेशी हस्तक्षेप, बिदेशी अतिक्रमण, बिदेशी आक्रमण र बिदेशी दुश्मनको कब्जा पन्जाबिरुद्ध लडेर नेपाललाई सधैँ बैरीको तोपसँग खुकुरीको तातो रगतसँग साटेर मुलुकलाई अक्षुण अमर अजर बनाएर राख्ने पनि राजसंस्था हो । नेपाली भएको परिचय नेपाली नागरिकता र मालिक भएको परिचय जग्गाधनी लालपुर्जा पनि राजसंस्थाले दियो, प्रजातन्त्र समेत राजाले नै दिए । अब नेपाली नागरिकलाई राजाले के दिएनन् ?
आज राजसंस्था नहुदा दलिय मनपरितन्त्र वा गणतन्त्रका कारण अहिले नेपाल र नेपालीको बर्तमान संकटमा परेको छ । नेपाली भाइभाइबिच अविश्वास, असुरक्षा र विद्वेष बिजारोपण भएको छ । एक नेपाली जाती अर्को नेपाली जातिबिच घृणा र प्रतिसोधको भावना छ । पैसा र स्वार्थ प्राप्ति हुन्छ भने आमा, स्वास्नी, छोरी, धर्म संस्कृति, देश पनि बेच्न तयार भएको छ । जन्माउने आमा बाबा प्रति सम्मान हरायो । पढाउने गुरुबा गुरुआमाप्रति आदर छैन । नेपालीले नेपालीसँग शुद्ध नेपाली भाषा बोल्दैन । नेपाली उत्पादन नेपाली संस्कृति नेपाली संस्कार र नेपाली धर्म कर्मप्रति अपमान भएको छ । राजाको नामसँग गाँसिएको प्रत्येक जिउदो ऐतिहासिक संरचना फोड्ने र नाम फेर्ने दुस्प्रयास गरिदैछ ।
भ्रष्टाचार, तस्करी, कालाबजारी, सिन्डिकेट, खुला सिमा, नागरिकताको बेचबिखन, अपहरण, बलात्कार, हत्याआतंक, छोरीचेली बेचबिखन, बालबालिका बेचबिखन, घुसखोर, कमिसनखोर, प्राकृतिक स्रोतको बेचबिखन, जाती र धर्मको बिखन्डन, धर्मद्रोह राजद्रोह र देसद्रोह, परनिर्भरता महंगी र करको भारले नेपाली असैय पीडामा पिल्सिएका छन् ।
नेपाली जनता विभिन्न दलमा कित्ताकाट भै दलीय बिचार र दलाल दलकै झण्डा बोकेर चुपचाप सहेर बसिदिँदा ईन्डियन सेना नेपाल भूमि कब्जा गरी बसेको छ । यही मौकामा अमेरिकी गुप्तचर सिआइए र ईन्डियन गुप्तचर रअको दीर्घकालीन योजनाको घातक षडयन्त्रमा नेपाल भूमिमा अमेरिकी सेना र बम भित्याउन उसले बदनियत ढंगले काङ्ग्रेस, एमाले, माओवादी दललाई ३० औं बर्षदेखि पालिरहेको थियो । लगानी गरिरहेको थियो र छ त्यसैको नतिजा हो अहिले रअ, सिआइएका पाल्तु खेताला, गणतन्त्रका कुल्लीहरुले माओवादी धनयुद्ध हुँदै १२ बुदे चोर बाटोबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जबर्जस्त लादेर नेपाल कंगाल बनायो ।
अहिले एमसिसि पास गरिएको छ । विदेशी महिलाले नेपाली पुरुषसंग विवाह गरेकै दिन नेपाली नागरिकता पाउने नियम संसदले पास गरेकोे छ । यही अवस्था रहिरहे नेपालीको स्वाभिमान मात्र हैन पहिचान समेत गुम्ने खतरा बढेर गएको छ । यो समय नेपालीको लागि इतिहासकै प्रतिकुल समय हो । तसर्थ नेपाललाई अफ्रिकाको लिबिया, बंगलादेश श्रीलंका, युक्रेन हुनबाट बचाउन, सिरिया अफगानिस्तान र इराक हुनबाट नेपाल बचाउनका लागि नेपालीले आन्दोलन र बिद्रोह मार्फत राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आबस्यकता होइन अनिवार्यता र अपरिहार्यता भएको छ ।
(लेखक नागरिक विद्रोह २०८१ का जनसम्पर्क प्रमुख हुन् ।)
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१० घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



