१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

दमक । झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो ।

आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले आफ्नो लगानीमा १९ जोडीको विवाह गराइदिनु भएको हो । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गर्न अनुरोध गरे बमोजिम पालिकाहरूले विवाहको सिफारिस गरिदिएका थिए ।

विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा भएको सामूहिक विवाहमा चाहिने सबै सामाग्री धाममा नै व्यवस्थापन भएको थियो । सामूहिक विवाहमा बर बधूलाई आवश्यक पर्ने सिँगारका सामाग्री, कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडा वर्तन केही पनि विवाहजोडी तथा परिवारलाई नल्याउन भनिएको थियो ।

सबै व्यवस्थापन गट्टानी परिवारले गरेको हो । शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको थियो । प्रत्येक विवाहमा आउने बेहुला र बेहुलीको परिवारको तर्फबाट बढीमा १० जनासम्म ल्याउने नियम बनाइएकोमा सोही अनुसार भएकाले भव्य रूपमा विवाह सम्पन्न भएको गट्टानीले जनाउनु भएको छ ।

परम्परागत विवाहमा लाग्ने खर्च घटाउँदै सामाजिक सद्भाव र समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाइएको छ । प्रत्येक जोडीका लागि १९ वटै बेग्लाबेग्लै विवाह मण्डप, पुरोहित र सबै सामाग्रीको व्यवस्थापन भएको थियो । अन्तरजातीय जोडीहरू समेत सामूहिक विवाहमा सरिक रहेका थिए ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
438 Shares