

थप ७८१ सङ्क्रमित थपिए, दुईको मृत्यु्
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ७१२ कोरोना परीक्षण गर्दा ७८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
दुई हजार २९०को पीसीआर परीक्षण गर्दा ४१९ र दुई हजार ४२२ एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोही समयमा काठमाडौंमा २१२, भक्तपुरमा १९ र ललितपुरमा ६३ गरी काठमाडौं उपत्यकामा २९४ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ५११ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७७५ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये पाँच हजार ५६५ जना होम आइसोलेसनमा, २१० जना संस्थागत आइसोलेसनमा छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये ६३ जना आइसियू र आठजना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ८०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८४ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



