

देशमा समृद्धि ल्याउनु उत्पीडितहरुको एकताबद्द नेतृत्वमा बैकल्पिक शक्ति आवश्यकता छ : कामी
हामी सबैको साझा उद्देश्य विभेद रहित समतामूलक समाज निर्माण, देशमा शान्ति, स्वतन्त्रता, न्याय , समान अधिकार बिकाश र समृद्धि ,राष्ट्रिय एकतामा प्रतिबद्धता रहेर सद्भाव शुभेच्छा सहकार्य र असल नेतृत्वको बिकासको महत्वलाई प्राथमिकतामा राखेर हाम्रो हरेक कार्य समग्रमा समृद्ध नेपाल, खुशीयाली नेपाली एकता र सहकार्यको अग्रगामी बाटो हुनुपर्छ ।
आमूल परिवर्तन नागरिक पार्टीका नेतृत्व नेताकार्यकर्ता र आम जनसमुदायहरूमा म पार्टी अध्यक्ष दलमर्दन कामी नेतृत्वको हिसाबले देशको चौथो अंग यस गोठालो अनलाइन पत्रिकामार्फत पार्टी म र मैले नेतृत्व गरेको पार्टीको उदेश्य बारे केही कुरा राख्दै छु म बिश्वस्त छु यो भनाइ लाई पढेर यहाहरुको सकारात्मक सुझाव पाउनेछु भन्ने आशावादी पनि छु ।
हाम्रो पार्टी साझा उद्देश्य भनेको आम नागरिक र मुलुकलाई समृद्ध र सशक्त बनाउनु हो। यसका लागि, हामीले एकता र सहकार्यको मार्ग अपनाउन आवश्यक छ। हाम्रो पार्टीको मूल उद्देश्य भनेको जनताको सेवा र मुलुकको समृद्धि हो। यस उद्देश्यलाई प्राप्त गर्न, हामी सबैलाई एकजुट भएर काम गर्नुपर्ने आवश्यकता छ।
हाम्रो देश नेपाल भौगोलिक विविधता ,बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश हो। यस विविधतामा एकता र सहकार्यलाई समृद्ध बनाइए मुलुक साच्चिकै सुन्दर बन्छ आर्थिक रूपमा बलियो बन्छ मुलुकलाई समृद्ध बनाउन नेतृत्व नेताकार्यकर्ता आम नागरिक सबैको आवश्यक छ। यसका लागि, हामीले सबै समुदायका अधिकार र सम्मानको रक्षा गर्नुपर्छ। एकता र सहकार्यले मात्र हामीलाई समृद्धिको मार्गमा अघि बढाउने छ ।
हाम्रो देशलाई लाई समृद्धिका लागि, हामीले एक्यवद्धता र इमानदारीतामा प्रतिबद्धता भएमा पार्टीले देशमा समृद्धि ल्याउनु कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास जस्ता क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्छ। यी सबै क्षेत्रहरूमा सुधार ल्याएर मात्र हामी समृद्ध नेपाल निर्माण गर्न सक्छौं।
तर सबैभन्दा पहिले हामी नेतृत्वमा एकता, इमानदारी र समर्पणको भावना हुनुपर्छ। त्यसैगरी देशमा आम नागरिक पनि देशमा समृद्धि ल्याउने साझा लक्ष्यलाई सार्थक बनाउन सचेत ,जागरुक र एकजुट हुन आवश्यक छ। आमूल नागरिक पार्टीहरूले समृद्धिका मुख्य आधारस्तम्भहरू देशमा आम नागरिक समुदायगत भएका आआफ्ना सीप कल र सृजनाको संरक्षण प्रबर्द्धन र बिकाश गर्दै अन्तर्राष्ट्रिय बजारीकरण गर्ने , कृषि ,पर्यटन ,शिक्षा ,स्वास्थ्यस्थिति,उर्जा ,र पुर्वाधार विकास हाम्रो विशेष प्राथमिकता विषय हुन र हुनेछन् । यी क्षेत्रहरूमा सुधार र बिकाश गरेरमात्र हामीले सिङ्गो देशमा दीगो र समावेशी समृद्धि हासिल गर्न सक्छौं।
हाम्रो यस उद्देश्यका पूरा गर्न पार्टी नेतृत्वको अत्यन्त महत्वपूर्ण विशेष भुमिका हुन्छ। नेतृत्वले कहिले पनि आफ्नो पद, हैसियत लाई बार्गेनिङ विषय बनाउनु हुन्न यसलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी ठान्दै आफुभन्दा समाज समुदाय र राष्ट्रिय हितलाइ केन्द्रमा राखेर सेवाभाव बाट ओतप्रोत हुनुपर्छ जसले बिनासर्त काम गर्न उर्जा प्रदान गर्दछ । हाम्रो पार्टीले यो विश्वास गर्नुपर्छ कि हामी हरेक नेताहरूले आआफ्नो आचरण पारदर्शिता इमानदारीता र प्रतिबद्धतामा समर्पित उदाहरण प्रस्तुत हुनुपर्छ । जब नेतृत्व स्वयं इमानदार र उत्तरदायी देखिन्छ, तब जनता पनि त्यो मार्गमा हिँड्न प्रेरित हुन्छन्।
म पार्टीको अध्यक्ष हुनुको नाताले म हाम्रा नेताहरू र कार्यकर्ताहरूलाई विनम्रता पुर्वक आग्रह गर्न चाहान्छु हामी हाम्रा नारा र भासण कलामा मात्रै सिमित हुनेहोइन, हाम्रा हरेक कार्य पार्टीका निति कार्यनीति इमानदार व्यबहारमा ल्याइ देशमा समृद्धि र समाजमा सेवाभाव सहित कार्यकारी बन्नुपर्छ ।
आमूल नागरिक पार्टीका हरेक नेतृत्व नेताकार्यकर्ताहरु अहिलेसम्मकै नेतृत्व नेताकार्यकर्ता उदाहरण बनी मार्गदर्शकको रूपमा रहेर सेवाभावमा पार्टीका नीति निर्माण, कार्यक्रम सञ्चालन र विकासको हरेक पाटोमा अब्बल र इमानदारीता देखिनुपर्छ जबसम्म हामी यिनै विषयमा इमानदार भइ अग्रसर हुनसक्दैनौ हामीले चाहेको समृद्ध नेपाल सुखी नेपाली बनाउने सपना साकार बनाउन सक्दैनौं ।
हामीले चाहेको समृद्धिको यात्रा केवल एक दुई थान नेताकार्यकर्ताहरूको होइन, हरेक नागरिकको हित न्याय, मुक्ति, शान्ति, स्वतन्त्रता सहितको समृद्धि हो। हामी सबैले यस महान यात्रामा हाम्रा पार्टीका आम नेताकार्यकर्ता शुभेच्छुक शुभचिन्तक नागरिक समाज समुदायका आदरणीय प्रतिष्ठित सबैले आआफ्ना स्थान बाट आआफ्ना जिम्मेवारी लाई कार्यनयन गरेर समाजमा सुधार ल्याएर, शिक्षा र जागरूकता फैलाएर, र सामाजिक उत्तरदायित्वको भावना राखेर योगदान दिनुपर्छ।
जसले हाम्रो साझा धेय,लक्ष्य, उदेश्य, समाज रुपान्तरण देशमा बिकाश समृद्ध ल्याउने छ, यसकालागि, हामीले एकता र सहकार्यको मार्ग अपनाउनुपर्छ। हाम्रा भिन्नतामा एकता र सहकार्यको शक्ति निहित छ। हामी सबै मिलेर मात्र हाम्रो मुलुकलाई समृद्ध बनाउने हो ।
हाम्रो मुलुकको भविष्य हाम्रो हातमा छ। हामीले एकता र सहकार्यको मार्ग अपनाएर मात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौं। यस यात्रामा, हरेक नागरिकको योगदान अनिवार्य छ। हामी सबै मिलेर हाम्रो मुलुकलाई समृद्ध र सशक्त बनाउन प्रतिबद्ध छौं। साझा उद्देश्यमा एकजुट हुँदै, हामी हाम्रो मुलुकको उज्जवल भविष्य निर्माण गर्न सक्छौं।
पटकपटक उत्पीडित उपेक्षित हजारौं जनताले बलिदान दिइसक्नुभएको छ हजारौं अङ्गभङ्ग, घाइते बनेर, सयौं बेपत्ता पारिएर, रगत,पसिना,लडाइँ, जेलनेल भुमिगत जीवन, भागदौड र मृत्यु कि मुक्ति भनेर आफ्नो अमुल्य जीवन देश र समाजको निम्ति अर्पे र देशमा लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता आएको हो ।
पछिल्लो समय पार्टीक नेतृत्वले जनताको साथ पाएर नेतृत्व सत्ता पुगे तर सत्तामा पुगेर सहि सदुपयोग गरेर जनतामुखी हुनुपर्नेमा आफ्नो आधारभूत चरित्र गुमाएर सुखभोग,सत्ताभोग र अवसरवादको भुलभुलैयामा लागे जसले गर्दा मुलुकमा “समाज, समुदाय, राष्ट्र र राष्ट्रियताको बिकाश र समृद्धिको मार्ग अबरोध भयो यो हाम्रो ठहर हो ।
जीवन केवल खानु र पिउनुमा सीमित छैन। जब हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदाय, समाज र राष्ट्रको हितमा समर्पित हुन्छौं, त्यहीबेला असल नियत र इमानदार प्रयत्नले मात्र सफलता प्राप्त हुन्छ भन्ने कुरामा हामी दृढ रहौं ।
हामी राष्ट्र, राष्ट्रियता र जनताको सेवामा समर्पित भई अघि बढ्ने अटल प्रतिबद्धता व्यक्त गरौं असल नियत, इमानदारता र समर्पण नै हाम्रो पहिचान बन्नेछ भन्ने दृढ संकल्पसहित, हामीले अघि बढाउने हरेक कदम समाज, समुदाय, राष्ट्र र राष्ट्रियताको समृद्धिको लागि समर्पित होउन । यस यात्रामा आउने बाधा र अल्झनहरू हाम्रो एकता, दृढता र सकारात्मक सोचले सहजै पार गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी अघि बढ्छौं।
दल मर्दन कामी
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
९ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



