

भदौमा ५० जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइँदै
कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप ५० जिल्लाका ५ देखि १२ सम्मका बालबालिकालाई लगाइने भएको छ । सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।खोप प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर जिल्लामा दिइने छ । यस्तै, मधेश प्रदेशका बारा, रौतहट, सर्लाही जिल्लाका बालबालिकालाई खोप दिइनेछ । बागमती प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्यादी, पर्वत, स्याङ्जा, तनहुँका बालबालिकालाई उक्त खोप दिइनेछ ।लुम्बिनी प्रदेशमा कपिलबस्तु, अर्घाखाँची, गुल्मी पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । कर्णाली प्रदेशका पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट जिल्ला र सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लामा दोस्रो चरणको खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । यी जिल्लामा दोस्रो मात्रा भाद्र २७ देखि असोज १ सम्म दिइने भएको छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
८ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



