

देउवालाई ठाकुरको प्रश्न : गठबन्धनमा ल्याउने कि नल्याउने ?
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्।देउवालाई भेट्न बिहीबार विहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए।
‘तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एक/दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ।’
लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए। ‘प्रधानमन्त्रीज्यू लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ। उहाँ (देउवा)ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ,’ महतोले भने। यो समाचारनागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



