

संबेदनहीनता
बसन्त कुंवंर
जब कुनै पनि सरकार, आफ्नो सर्भाइबलमै चिन्तित वा ब्यस्त रहन थाल्दछन् वा थाल्नु पर्ने अबस्थामा रहन्छ तब त्यस्को प्रत्यक्ष प्रतिकुल असर , सबै भन्दा पहिला संबैधानिक निकाए र शुरक्षा निकाए हरुमा पर्छ पर्छ ।
जब कुनै पनि मुलुकका संबैधानिक निकाए , प्रशासन , प्रहरी, शेना , जस्ता कानुन कार्यान्वएन गर्ने र न्याए दिने निकाए हरु प्रत्यक्ष अप्रत्यक्ष रुपले सरकारको सरभाइबल संग जोडीन्छन् वा त्यो सरकारको सरभाइबल संग आफ्नो सरभाइबल जोडीएको महशुस गर्दछन् तब ती मुलुक हरुमा दुइ कुरा खतरामा पर्दछ , पहिलो त्यो देसको सार्बभौम शत्ता दोश्रो त्यो देसको राजनैतिक ब्यबस्थाको स्थाइत्व ।
यस्तो परीस्थितीमा सरकार शुरक्षीत र संगठित हुन वा बनाउन ती दल हरुले सरकार टिकाउने सांसद आफु संग राख्नु पर्ने र चुनाब जित्न जिताउन प्रसस्त पैसा बटुल्नु पर्ने स्थिती आउछ, हुन्छ र यही संगठन बलियो बनाउन र पैसा बटुल्न सरकारमा रहेका हरुले संपुर्ण राज्य सयन्त्रका महत्वपुर्ण निकाए हरुमा आफ्ना सुभचीन्तक राखी ति मार्फत आफ्नो स्वार्थ सिद्ध गर्नु पर्ने हुन्छ । यंही बाट सुरु हुन्छ चरम कुशासन, भ्रष्टाचार, र अन्याएको शृंखला ।
यती कुरा त्यस्ता मुलुक हरुमा ,उच्च तहमा बस्ने पुग्ने हरेक सरकारी मेसिनरीले अनुभब गरी सकेका हुन्छन् चाहे त्यो सासन सक्रीए राजाको होस् वा जनताको । राजाको सासनमा पनि संपुर्ण संयन्त्र राजा जेगाउन र राज सस्था बलियो पार्नका लागी परीचालित भएको पाइन्छ भने प्रजातन्त्र र गणतन्त्रका सरकारमा पनि त्यही देखिन्छ ।
कुनै पनि मुलुकमा , उच्च तहमा पुग्ने र सरकारी तलब भत्ता बुझ्ने, हरेक कर्मचारी , संबैधानिक निकाएका पदाधिकारी र सरकारका नियुक्ती पाएका ब्यक्ती हरु ले जब यो कुरा बुझेर पनि सो पद प्राप्तीका लागि ती स्वार्थी सरकार संग संझौता गर्दछन् , तिन्का हरेक सर्त मानेर आर्थिक योगदान दिन र तिन्का सांगठनिक मजबुतिका लागी आफ्नो पदको दुरुपयोग गर्न तयार हुन्छन् , तब त्यो मुलुकको शार्बभोम सत्ता र स्थाइत्व दुबैमा खतरा पर्छ पर्छ ।
देस को स्थाइत्वमा असर पर्मे बित्तीकै सुरक्षा कमजोड हुन्छ र अराजकता तथा अन्याए बड्छ। यस अबस्थामा त्यॉहा संगठित समुह हरु बलिया हुन्छन् र बिकाष निर्माणका काम हरु सिन्डीक्ट को कमिसन खाने बाटोमा परीणत हुन्छन्। सासन डरमा चल्छ । भएका उध्योग धन्दा चल्ने र नया लाग्ने परीस्थिती नै हुदैन।
यो अबस्थामा तब परीबर्तन आउन सक्छ जब की त सरकार वा सत्तामा पुग्नै का लागी कोही जनप्रतिनीधी हरु देस र जनता बिरोधी काम गर्न गराउन कुनै पनि हालतमा तयार हुंदैनन् , वा , कि त त्यस्ता गलत सासक को स्वार्थका लागी काम गर्न आफ्नो आत्मा सम्मान बन्दकी राखेर नियुक्ती सरुवा बडुवा लिन कुनै पनि सरकारका उच्च तहमा जाने सरकारी कर्मचारी वा पद धारक हरु तयार हुदैनन् । त्यस्ता मुलुकमा जन्मिएका आम जनताको चुनौती यही हुने गर्दछ की ,आफुले जिन्दगी बिताउनु पर्ने त्यस मुलुकमा , सके दुबै बर्ग लाइ ( सरकार हुने र सरकारी तलब भत्ता लिएर काम गर्ने दुबै बर्ग लाइ ) नसके कंतीमा एउटा बरिग लाइ भए पनि कसरी स्वभिमानि र नैतिक बनाउने ?यदी यो काम गर्न सकिएन भने, अभाब गरीबी र अशान्ती बिच त्यो देसमा त्यती बेला जनता हुनेले मात्र होइन तिन्का संतान हरुले पनि जिबन बिताउन बाध्य हुनु पर्ने हुन्छ हुन्छ ।……???
जब जनतामा पनि यो महत्वपुर्ण कुरामा “ संबेदनहिनता “ हुन्छ तब त त्यो देश लाइ डुब्न बाट कशैले रोक्न सक्तैनन् । अत यस्ता मुलुक हरुमा केबल आम जनता मात्र भएर बॉच्न पनि केहि पहलता जरुरी हुन्छ ,,,
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
९ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



