दक्षिण कोरियामा एकै दिन एक लाख कोभिड संक्रमित

सिउल, दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना संक्रमित भेटिएका हुन् ।

अघिल्लो दिनको तुलनामा शुक्रबार संक्रमितको संख्या घटेको देखिएको छ । योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ ।बिहीबार दिन एक लाख १३ हजार तीन सय ७१ जना संक्रमित भेटिएका थिए । अहिले संक्रमित अवस्थामै रहेकामध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् ।

Facebook Comments Box
TOP
Shares