

कोरियामा कोभिडबाट एकैदिन ७१ को मृत्यु
सोल : दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या अप्रत्यासित रूपमा बढेको छ।चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको संख्या लगातार घटेको छ।
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए। बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन्। हालसम्म मलेसियामा ३६ हजार २०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन। सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ। सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ संक्रमित थपिएका छन्।
हाल दक्षिण कोरियामा कोभिड-१९ संक्रमितको संख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
८ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



