असोज १ गतेदेखि काठमाडौंका सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान निषेध गर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न निषेध गर्ने जनाएको छ । यसको लागि महानगरले सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ ।

Facebook Comments Box
TOP
Shares