

शङ्खमूल पुलमुनिबाट चार मेट्रिकटन फोहर व्यवस्थापन
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासाथ प्रत्येक हप्ता आज भइरहेको वाग्मती सफाइ महाअभियान आजदेखि चारसय ८८ औँ हप्तामा प्रवेश गरेको छ । शङ्खमूल पुलमा भएको सफाइबाट नकुहिने चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, लायन्स क्लबका पूर्वगर्भनर सुष्मा शर्मालगायत अभियानकर्मीको सहभागिता थियो ।काठमाडौँ फरेस्ट कलेज, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घ, लायन्स क्लब अफ सिद्धार्थ गौतमबुद्ध, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी, नागरिक सहयोग सञ्जाल, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, मेची महाकाली सफाइ अभियान एवं वाग्मती अभियानकर्मीको सक्रियतामा वाग्मती नदीभित्र र किनार क्षेत्रमा सफाइ गरिएको हो ।
लायन्स क्लबका पूर्वगभर्नर सुष्मा शर्माको पहलमा विभिन्न लायन्स क्लबबाट वाग्मती सफाइ महाअभियानलाई नदीभित्र लगाउन मिल्ने बुट, मास्क, पञ्जा, झाडु हस्तान्तरण गरिएको थियो । महाअभियानका तर्फबाट अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्षले सामग्री बुझेका थिए । सफाइका लागि अधिकार सम्पन्न वाग्मती समितिले आवश्यक सामग्रीको व्यवस्थापन गर्दै आएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।
यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



