

बाढीले स्वास्थ्य सामग्रीमा क्षति
कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ । शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए ।उनका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस (बच्चालाई खुवाउने औषधि), स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको छ । “स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा आठ लाख बराबरको औषधिमा क्षति पुग्यो”, उनले भने । उनले सबैभन्दा बढी प्रयोगमा आउने सिटामोलको ८० हजार ट्यावलेट पूर्ण रुपमा नोक्सान भएको बताए । तीन सय प्याकेट आरयुटियस (बच्चालाई खुवाउने औषधि), दुई सय बोतल भाइरेक्स र १० हजार प्याकेट जीवनजलमा नोक्सानी पुगेको छ । “धेरै औषधिमा नोक्सानी पुगेको छ स्टोरमा जान सम्भव छैन”, उनले भने, “बाढीको बेला चाहिने अत्यावश्यक औषधिमा नोक्सानी पुगेपछि समस्या भएको छ ।”
उनका अनुसार रु ८० हजारको सिटामोलमा नोक्सानी भएको छ भने एक लाख बराबरको जीवनजलमा नोक्सानी पुगेको छ । त्यसैगरी रु एक लाख बराबरको प्यारासिटामोलमा नोक्सानी पुगेको छ । १० हजारको भाइरेक्स र २० हजार बराबरको आरयुटियस, रु ४० हजार बराबरको कोभिड–१९ किट,४५ हजारको स्नानिटाइजर, एक लाखको अक्सिजन कन्सेन्ट्रेटरमा क्षति भएको छ । त्यसैगरी इन्जेक्सनलगायत अन्य औषधिमा गरी आठ लाख बराबरको औषधि क्षति भएको उनले बताए ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जिल्लामा क्षतिको पूर्ण विवरण नआएको जानकारी दिए । “मानवीय क्षति भएको छैन, धेरै ठाउँमा जनावर र खाद्यान्नमा क्षति भएको छ, सबै स्थानीय तहले क्षतिको विवरण सङ्कलन गरिराखेका छन्”, उनले भने, “सोमबारसम्म क्षतिको पूर्ण विवरण आउछ ।”रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



