

इन्द्रावती–४ टाकुरेकी खिलमाई काफ्लेको असामयिक निधनप्रति दुःख व्यक्त
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं. ४ टाकुरे निवासी विदुर काफ्ले, विनोद काफ्ले र मनोज काफ्लेका ममतामयी आमा खिलमाई काफ्लेको असामयिक निधनले स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।
दिवङ्गत खिलमाई काफ्ले एक स्नेही, त्यागी र परिवारप्रति समर्पित आमाका रूपमा परिचित थिइन्। उहाँको निधनले परिवार मात्र होइन, गाउँसमाजले पनि एक अभिभावक गुमाएको अनुभूति गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले दिवङ्गत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले दुःखको यस घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गर्नुभएको छ।
दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित सम्पूर्ण समुदाय शोकमा सहभागी भएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
२० घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



