राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा नेपाल प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन्।
१८ महिना लामो कठोर तथा व्यवस्थित तालिम सफलतापूर्वक पूरा गरेका उनीहरूमा ९ जना महिला र ८३ जना पुरुष प्रहरी निरीक्षक रहेका छन्। दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूको अनुशासन, व्यावसायिक दक्षता र नेतृत्व क्षमताको प्रशंसा गरिएको थियो।
तालिम अवधिभर अपराध अनुसन्धान, कानून कार्यान्वयन, नेतृत्व विकास, शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि लगायतका विविध विषयमा व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो। दीक्षित प्रहरी निरीक्षकहरूले संगठनप्रति निष्ठावान रहँदै नागरिकमैत्री, उत्तरदायी र व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा उपस्थित उच्च प्रहरी अधिकारीहरूले नयाँ प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

Facebook Comments Box
TOP
134 Shares