

मधेस प्रदेशमा तस्करीविरुद्ध ‘क्लिन स्वीप’ अभियान : प्रहरी प्रमुख गोविन्द थपलियाको शून्य सहनशीलताले बढ्यो राजस्व, अपराधीमा त्रास
जनकपुरधाम । मधेस प्रदेशका प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाले तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेसँगै प्रदेशमा अपराध नियन्त्रणले ठोस परिणाम देखाउन थालेको छ । प्रदेश अन्तर्गतका आठै जिल्लाबाट राजस्व संकलन उल्लेख्य रूपमा बढ्न थालेको छ भने तस्कर, विचौलिया र आपराधिक समूहमा त्रास फैलिएको छ ।
सीमानाका केन्द्रित तस्करी, चोरी, डकैती, गुण्डागर्दी तथा लागूऔषध कारोबारजस्ता जघन्य अपराध नियन्त्रणका लागि प्रहरी प्रमुख थपलियाको नेतृत्वमा सुरु गरिएको ‘क्लिन स्वीप’ अभियान प्रभावकारी बन्दै गएको प्रहरी स्रोतले जनाएको छ ।डीआईजी थपलियाले मधेस प्रहरीको कमाण्ड सम्हाले लगत्तै विगतमा खुलेआम सञ्चालन हुँदै आएका अवैध कारोबारहरू अहिले नियन्त्रणमा आउन थालेका छन् ।
प्रहरी संगठनलाई अनुशासित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्यसहित थपलियाले मातहतका प्रहरी इकाइलाई स्पष्ट निर्देशन दिएका छन्— “कानून विपरीत कुनै पनि गतिविधिमा संलग्न जोसुकै भए पनि कारबाहीबाट उम्कन पाउने छैन।” यही निर्देशनका कारण सीमावर्ती क्षेत्रमा प्रहरीको सक्रियता बढेको छ भने अवैध ओसारपसारमा संलग्न गिरोहहरू कमजोर बन्दै गएका छन् ।
राजस्व चुहावट रोकिँदा राज्यको आम्दानी बढ्नुका साथै आमनागरिकमा सुरक्षा र भरोसा पनि मजबुत हुँदै गएको छ । स्थानीयवासीहरूले मधेस प्रदेशमा पहिलोपटक अपराध नियन्त्रणमा वास्तविक परिवर्तन महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।
प्रहरी प्रमुख गोविन्द थपलियाको दृढ नेतृत्व र कठोर निर्णयका कारण मधेस प्रदेश अहिले अपराधीका लागि असहज तर कानून पालना गर्ने नागरिकका लागि सुरक्षित बन्दै गएको देखिन्छ ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१९ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



