

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ प्रदेशभर सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हाले लगत्तै डिआईजी गोविन्द थपलियाले आफ्नो सम्पूर्ण ध्यान जनताको शान्ति–सुरक्षामा केन्द्रित रहने स्पष्ट पारेका थिए। संगठनभित्र अब्बल कमाण्डरका रूपमा स्थापित थपलियामाथि यसपटक देशकै संवेदनशील र शान्ति सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिने मधेस प्रदेशमा निर्वाचन सफल बनाउने महत्वपूर्ण जिम्मेवारी आएको छ।
निर्वाचनलाई लक्षित गर्दै डिआईजी थपलिया हाल २४ घण्टा फिल्डमै रहेर अहोरात्र खटिँदै आएका छन्। उनले मातहतका मधेस प्रदेशका सबै जिल्लाका नाका, सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुन सक्ने सम्भावित जोखिममाथि अर्जुनदृष्टि लगाउँदै सुरक्षा रणनीति कार्यान्वयन गरिरहेका छन्।
सीमा सुरक्षादेखि मतदान केन्द्रको सुरक्षासम्म विशेष ध्यान दिइएको छ भने सुरक्षा संयन्त्रबीच समन्वयलाई समेत थप प्रभावकारी बनाइएको छ। डिआईजी थपलियाको सक्रियता र फिल्डमा आधारित कमाण्डले मधेस प्रदेशमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास बलियो बनेको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



