

एआईजी हिमालय श्रेष्ठद्वारा सुदूरपश्चिम प्रहरी तालिम केन्द्रको निरीक्षण तथा निर्देशन
डोटी । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग प्रमुख एआईजी हिमालय कुमार श्रेष्ठले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
आसन्न निर्वाचनलाई लक्षित गरी गरिएको निरीक्षण भ्रमणका क्रममा एआईजी श्रेष्ठले तालिम केन्द्रको समग्र अवस्था, भौतिक संरचना तथा व्यवस्थापन पक्षको गहन अनुगमन गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले क्वाटर गार्ड, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको ब्यारेक, मेस, क्यान्टिन, ड्रिल नर्सरी, बाधापार लगायत तालिमसँग सम्बन्धित सम्पूर्ण संरचना तथा गतिविधिको अवलोकन गर्नुभएको थियो।
अनुगमन पश्चात् एआईजी श्रेष्ठले तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यावसायिक अनुशासन, जिम्मेवारीबोध र निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो। उहाँले तालिमको गुणस्तर, भौतिक सुविधा र कार्यक्षमता अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
निरीक्षण तथा निर्देशनले तालिम केन्द्रको व्यवस्थापन सुधार र प्रहरी जनशक्तिको क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१९ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



