

दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो,अब सिंहदरबार बदल्छु :रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ सरकारले आफूविरुद्ध ‘विष हालेको’ आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन् । ‘दुईतिहाइ सरकारले मविरुद्ध ‘विष हालेको’ थियो । त्यहीकारण देशभरका अदालत धाउँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदैछु’,उनी भन्छन्,म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु।
उनले एकाध पुल, भवन र सडकको प्रचारलाई ‘कस्मेटिक सुधार’ भन्दै त्यसमा आफ्नो रुचि नरहेको बताएका छन्। कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरू गर्न स्पष्ट जनादेश आवश्यक रहेको उनले बताए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सन्देश सार्वजनिक गर्दै उनले अब देशमा हुने घटनाहरू इतिहासका रूपमा दर्ज हुने दाबी गरेका छन्।
उनले परिवर्तनको इतिहास नेपाली जनताले आफ्नै मतपत्रमार्फत लेख्ने जिकिर गरेका छन्। अवस्थिरताको जरा नउखेलिँदासम्म कुनै परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै उनले देशको भविष्य बदल्ने संघर्षका लागि थप त्याग र कठोर तपस्याका लागि तयार रहेको बताएका छन्।
आफ्नो नाम इतिहासमा कहाँ लेखिन्छ भन्नेभन्दा पनि देशका सन्ततिको भविष्य सुरक्षित गर्नु मुख्य उद्देश्य भएको उनले स्पष्ट पारेका छन्।
रास्वपामाथि लाग्दै आएका आरोपप्रति प्रतिक्रिया जनाउँदै उनले पार्टीसँग स्पष्ट विचार, नीति र सिद्धान्त रहेको दाबी गरेका छन्। ‘भारी शब्द प्रयोग गरेर राजनीतिलाई जटिल बनाउन जरुरी छैन,’ उनले लेखेका छन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



