

काठमाडौं प्रहरीका ‘किलो–वान’ रमेश थापाको आक्रमक रणनीति
जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि निर्वाचन सुरक्षासम्म काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका नेपाल प्रहरीका भौतिक संरचनाहरू पुनर्निर्माण गर्दै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा फिल्डमा सक्रिय रूपमा खटिनु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेसँगै एसएसपी थापाले निर्वाचन लक्षित शान्ति–सुरक्षा कायम गर्न गुण्डागर्दी, आपराधिक गिरोह र अस्थिरता सिर्जना गर्ने तत्वविरुद्ध ‘पहिलो एक्सन’ सुरु गरेका छन्। यस अभियानअन्तर्गत राजधानीमा सक्रिय अपराधी सञ्जालमाथि निगरानी कडा बनाइएको छ भने कानून विपरीत गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने काम तीव्र पारिएको छ।
जेनजी आन्दोलनलगत्तै उत्पन्न विषम परिस्थितिमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका थापाका लागि राजधानीको शान्ति–सुरक्षा पुनःस्थापना मुख्य चुनौती थियो। आन्दोलनका क्रममा भागेका कैदीहरू पक्राउ गर्ने, लुटिएका हतियारहरूको खोजी तथा आपराधिक गतिविधि नियन्त्रण गर्नु उनका प्राथमिक कार्यसूचीमा परेका छन्।
उनको नेतृत्वमा काठमाडौं प्रहरीले फिल्ड–केन्द्रित, सूचनामा आधारित र आक्रमक सुरक्षा रणनीति अपनाएको देखिन्छ, जसले अपराध नियन्त्रणमा सकारात्मक संकेत दिएको सुरक्षा अधिकारीहरू बताउँछन्।
अनुभवी कमाण्डर, ‘फर्स्ट नम्बर’ एसएसपी
एसएसपी रमेश थापा यसअघि उदयपुर र कास्की जिल्लामा एसपीका रूपमा सफल प्रहरी प्रमुख भएर काम गरिसकेका अनुभवी अधिकृत हुन्। उनी आफ्नो ब्याचका पहिलो नम्बरका एसएसपी हुनुका साथै फिल्ड कमाण्ड र प्रशासनिक दक्षताका लागि परिचित मानिन्छन्।
काठमाडौंको कमाण्ड सम्हाले लगत्तै उनले अपनाएको ” अपराध क्लिनस्वीप” शैली—अर्थात् पहलकदमीसहितको कडा एक्सन—ले अपराधी वृत्तमा स्पष्ट सन्देश गएको प्रहरी स्रोतहरूको भनाइ छ।
“कानुनभन्दा माथि कोही छैन”
एसएसपी थापाले काठमाडौंको शान्ति–सुरक्षामा खलल पुर्याउने उद्देश्यले दुस्साहस गर्ने जो–कोही पनि कानुनी कठघराभन्दा बाहिर जान नसक्ने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरी परिचालन, गस्ती र सूचनाको आदान–प्रदानलाई थप सुदृढ बनाइएको छ।
एसएसपी रमेश थापाको नेतृत्वमा काठमाडौं प्रहरीले देखाएको सक्रियता केवल निर्वाचन सुरक्षा मात्र होइन, जेनजी आन्दोलनपछि कमजोर बनेको सुरक्षा संरचनामा राज्यको उपस्थितिलाई पुनःस्थापित गर्ने प्रयासका रूपमा पनि बुझ्न सकिन्छ। आक्रमक रणनीति, फिल्डमा कमाण्डर स्वयंको उपस्थिति र ‘शून्य सहनशीलता’को नीति—यी सबैले राजधानीको सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको संकेत गर्छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१८ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



