

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सातै प्रदेशमा एआईजी खटाइयो
संवेदनशील क्षेत्रको स्थलगत अनुगमन, प्रतिवेदनका आधारमा अन्तिम सुरक्षा रणनीति तय हुने
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ।
प्रहरी मुख्यालयका अनुसार निर्वाचनसँग सम्बन्धित विद्यमान सुरक्षा चुनौती, तयारीको अवस्था तथा संवेदनशील क्षेत्रको मूल्याङ्कन गर्न एआईजीहरूलाई स्थलगत अनुगमनका लागि फिल्डमा पठाइएको हो।
प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा अवस्था अध्ययन गर्न खटिएका छन्। मधेस प्रदेशका सबै जिल्लामा स्थलगत अनुगमन सम्पन्न गरी एआईजी डम्बर बिक काठमाडौं फर्किसकेका छन्।
प्रहरीले मधेस प्रदेशलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ। निर्वाचनअघि दुई दिन होली पर्व परेकाले त्यसले चुनावी सुरक्षामा असर पार्न सक्ने आँकलन गरिएको छ।
यसैगरी,
गण्डकी प्रदेशका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसी,
बागमती प्रदेशका लागि एआईजी सिद्धी विक्रम शाह,
कर्णाली प्रदेशका लागि एआईजी सुशिल सिंह राठौर,
कोशी प्रदेशका लागि एआईजी राजन अधिकारी,
लुम्बिनी प्रदेशमा कार्य विभाग प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदी अनुगमनमा खटिएका छन्।
खटिएका एआईजीहरूले निर्वाचन सुरक्षासम्बन्धी हालसम्मको तयारी, जनशक्ति तथा साधन–स्रोतको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गरी प्रतिवेदन बुझाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोही प्रतिवेदनका आधारमा निर्वाचन सुरक्षा रणनीतिलाई अन्तिम रूप दिइने बताइएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



