

आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव समारोह बिहीबार प्रतिष्ठान परिसरमा विशेष कार्यक्रमबीच भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको प्रतिष्ठानले सात दशकको गौरवपूर्ण यात्रा पूरा गरेको अवसरमा आयोजित समारोहमा उच्च पदस्थ प्रहरी अधिकृतहरू, अवकाशप्राप्त प्रहरी कर्मचारीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले दक्ष, अनुशासित र व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण प्रतिष्ठानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले बदलिँदो सुरक्षा चुनौती सामना गर्न आधुनिक, प्रविधिमैत्री र व्यवहारमुखी तालिम अपरिहार्य भएको बताउँदै प्रशिक्षण प्रणालीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा नेपाल प्रहरीको प्रशिक्षण लगायत विभिन्न क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनु भएका अवकाशप्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै चौधरीले आफ्नो सेवाकालीन अनुभव स्मरण गर्दै संगठनप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
त्यसैगरी प्रशिक्षण गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पुर्याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनलाई ‘सर्वोत्कृष्ट तालिम केन्द्र’ घोषणा गरिएको छ। शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई आईजीपी कार्कीले रनिङ शिल्ड तथा प्रशंसापत्र प्रदान गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानको सात दशक लामो यात्राको समिक्षा गर्दै भावी रणनीति, संरचनात्मक सुधार र प्रविधि–आधारित तालिम विस्तारका विषयमा पनि प्रकाश पारिएको थियो।
७० वर्षे गौरवपूर्ण यात्रासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आगामी दिनमा अझ प्रभावकारी, व्यावसायिक र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१८ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



