

केपी ओलीद्वारा महाशिवरात्रिको शुभकामना, आत्मअनुशासन र आत्मबोधमा जोड
काठमाडौं, फागुन — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गर्दै आत्मअनुशासन, विवेक र आत्मबोधको मार्गमा अग्रसर हुन आह्वान गरेका छन्।
उनले शुभकामना सन्देशमा महाशिवरात्रिलाई उपवास, जागरण र अन्तर्मनसँग संवाद गर्ने पवित्र पर्वका रूपमा उल्लेख गर्दै ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ भएको बताएका छन्। लोभ, क्रोध, मोह र अहंकार जस्ता पाशहरूबाट मुक्त भई मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउनुपर्ने उनले उल्लेख गरे।
ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सहेर पनि शान्त रहने धैर्य तथा नश्वरताको बोधसहित अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथबाट प्राप्त हुने बताए।
“बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित छ,” भन्दै उनले सबैले विवेकको सत्य फेला पारून् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस् भन्ने कामना व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा उनले “जय राष्ट्रदेव, महादेव भगवान पशुपतिनाथ! हर हर महादेव! शुभ महाशिवरात्रि!” उल्लेख गरेका छन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



