

फागुन २१ निर्वाचन सुरक्षाः ३ हजारभन्दा बढी प्रहरी देशभर खटिँदै
काठमाडौं, महाराजगन्ज — फागुन २१ गते हुने निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी तीव्र पारिएको छ। सोही तयारीअन्तर्गत आज महाराजगन्जस्थित १ नम्बर गणबाट तीन हजारभन्दा बढी प्रहरी कर्मचारी विभिन्न जिल्लातर्फ खटिएका छन्।
निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा सुरक्षाकर्मीहरू मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिरहा, पर्सा, सप्तरी, सर्लाही र रौतहटलगायत जिल्लामा पठाइएको हो। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्र र संवेदनशील क्षेत्रहरूमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइने बताइएको छ।
प्रहरी स्रोतका अनुसार खटिएका सुरक्षाकर्मीहरूले स्थानीय प्रशासनसँग समन्वय गर्दै मतदानस्थलको सुरक्षा, गस्ती, निगरानी तथा आवश्यक परे आकस्मिक उद्धार कार्यसमेत गर्नेछन्। निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाइएको छ।
सरकारले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा लिँदै नागरिकलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ। व्यापक सुरक्षा प्रबन्धका कारण यसपटकको निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१४ घण्टा अगाडि
1.3kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



