

प्रहरी संगठनमै गुटबन्दीको संकेत : चेन अफ कमान्डमाथि चुनौती, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता
काठमाडौं । प्रहरी संगठनभित्रै केही एआईजी र डिआईजीहरूबीच गुटबन्दी भएको संकेत देखिएको भन्दै यसले संगठनको चेन अफ कमान्डमाथि नै चुनौती सिर्जना गरेको चिन्ता व्यक्त हुन थालेको छ। सुरक्षा निकायजस्तो अनुशासित र संवेदनशील संस्थाभित्र यस्तो गतिविधि देखिनु समग्र सुरक्षा व्यवस्थाका लागि गम्भीर विषय हुन सक्ने विश्लेषण गरिएको छ।
प्रहरी संगठनमा आदेश र जिम्मेवारी स्पष्ट रूपमा माथिबाट तलसम्म पालन हुने चेन अफ कमान्डलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। तर केही उच्च अधिकारीबीच देखिएको भनिएको समूहगत गतिविधिले संस्थागत अनुशासन कमजोर बन्ने र निर्णय प्रक्रियामा अनावश्यक प्रभाव पर्न सक्ने आशंका गरिएको छ।
सुरक्षा विज्ञहरूका अनुसार बर्दीधारी कर्मचारीले व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकता दिनुपर्छ। बर्दीमा रहँदा राजनीति गर्ने होइन, कानूनको शासन र नागरिक सुरक्षालाई केन्द्रमा राखेर काम गर्नु नै प्रहरीको मुख्य दायित्व हो।
यस्ता गतिविधिले प्रहरी संगठनको विश्वसनीयता, अनुशासन र प्रभावकारितामा नकारात्मक असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। संगठनभित्र पारदर्शिता, अनुशासन र पेशागत मर्यादा कायम राख्दै देश र जनताको पक्षमा सेवा प्रवाहलाई अझ मजबुत बनाउनुपर्ने आवाज समेत उठ्न थालेको छ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२१ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



