

काठमाडौं प्रहरीको ठूलो सफलता : १ करोड १६ लाखसहित हुण्डी कारोबारमा संलग्न दुई पक्राउ, एसएसपी थापाको सक्रिय नेतृत्वको प्रशंसा
काठमाडौं — अवैध हुण्डी तथा अभौतिक मुद्रा कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत काठमाडौं प्रहरीले ठूलो सफलता हात पारेको छ। प्रहरीले १ करोड १६ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले भीमढुंगा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएका चेक, एटीएम कार्ड, सवारी साधन, सिमकार्ड, कम्प्युटर लगायत हुण्डी कारोबारसँग सम्बन्धित महत्वपूर्ण सामग्री समेत बरामद गरिएको छ।
अवैध आर्थिक कारोबार नियन्त्रण गर्न काठमाडौं प्रहरीले पछिल्लो समय कडा निगरानी बढाएको छ। यसै क्रममा गरिएको सूक्ष्म अनुसन्धान र योजनाबद्ध अपरेशनबाट ठूलो रकमसहित आरोपितहरू पक्राउ पर्न सफल भएको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाको सक्रिय नेतृत्व, प्रभावकारी कमाण्ड र अवैध गतिविधिविरुद्धको दृढ अभियानका कारण यस्तो सफलता सम्भव भएको भन्दै प्रहरी वृत्तमा उनको उच्च प्रशंसा गरिएको छ।
प्रहरीले अवैध हुण्डी कारोबार राष्ट्रिय अर्थतन्त्रका लागि गम्भीर चुनौती भएकाले यस्ता गतिविधिविरुद्ध अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२१ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



