रास्वपाभित्र गृहमन्त्रालयलाई लिएर विवाद चर्किँदै, बालेन–रवि बीच मतभेद

काठमाडौं । सरकार गठनको तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गृहमन्त्रालयको नेतृत्वलाई लिएर आन्तरिक विवाद चर्किएको छ। भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाह र पार्टी सभापति रवि लामिछाने बीच यस विषयमा मतभेद बढ्दै गएको स्रोतहरूले बताएका छन्।
पार्टीभित्रको एक समूहले गृहमन्त्रीका लागि डिपी अर्याल को नाम सञ्चारमाध्यममार्फत ‘टेस्ट’का रूपमा अघि सारेको बताइन्छ। तर अन्तिम समयमा रवि लामिछाने निकट समूहले उनका विश्वासपात्र तथा पूर्व पत्रकार दीपक बोहोरा लाई गृहमन्त्री बनाउने आन्तरिक रणनीति बनाइरहेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।
यता, सरकारको प्रभावकारी नेतृत्वका लागि गृह प्रशासनमा आफ्नै पकड आवश्यक पर्ने अडान राख्दै बालेन पक्षले रवि निकट समूहलाई उक्त मन्त्रालय जिम्मा दिन नसकिने स्पष्ट सन्देश दिएको बताइएको छ।
गृहमन्त्रालय सरकारको महत्वपूर्ण निकाय मानिने भएकाले यसको नेतृत्व कसले लिने भन्ने विषयमा रास्वपाभित्रै शक्ति–सन्तुलनको बहस तीव्र बनेको छ। स्रोतका अनुसार आगामी सरकार गठनको समीकरण र मन्त्रालय बाँडफाँडको निर्णयले पार्टीभित्रको शक्ति समीकरणमा समेत प्रभाव पार्ने देखिएको छ।

Facebook Comments Box
TOP
265 Shares