

बस्ती–बस्तीमा प्रहरी गस्ती : कपिलवस्तुमा जनमुखी सेवाको प्रभावकारी अभ्यास
कपिलवस्तु — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको “बस्ती–बस्तीमा प्रहरी गस्ती” अभियान प्रभावकारी बन्दै गएको छ। स्थानीय समुदायसम्म प्रत्यक्ष प्रहरीको पहुँच विस्तार गर्दै सूचना संकलन, जनसम्पर्क अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको यस अभियानले सुरक्षा व्यवस्थामा नयाँ विश्वास सिर्जना गरेको छ।
यसै क्रममा खटिएको LRP प्रहरी टोलीले कपिलवस्तु नगरपालिकाको कोदोहवा, पिपरी, बैदौली तथा यशोधरा गाउँपालिकाको शिवखोर, मर्यादपुर र कुदान क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। टोलीले बस्तीस्तरमै पुगेर वस्तुस्थिति बुझ्नुका साथै नागरिकका गुनासा, सुझाव र सुरक्षा चासोहरू प्रत्यक्ष रूपमा संकलन गरेको जनाएको छ।
प्रहरीले समुदायसँगको सहकार्यलाई सुदृढ बनाउँदै अपराध रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। अभियान अन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमहरूले सामाजिक विकृति तथा अपराध न्यूनीकरणमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयहरूले बताएका छन्।
“बस्ती–बस्तीमा प्रहरी गस्ती” अभियानले प्रहरी र नागरिकबीचको दूरी घटाउँदै विश्वासको सम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको छ। स्थानीय तहसम्म पुगेर सेवा दिने यस प्रयासलाई जनमुखी प्रहरी सेवाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२१ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



