

‘फेक रेस्क्यु’ काण्ड: अभियुक्तको निर्देशनमा बनेको समाचार, मिडिया नै कठघरामा
काठमाडौं । आनन्दस्वरुप वर्मा ले आफ्नो चर्चित कृति पत्रकारिता का अंधा युग मा उल्लेख गरेका छन्— “मिडियाले कर्पोरेट घरानाका लुटलाई सहज बनाउन भूमिका खेलिरहेका छन्।” भारतीय सन्दर्भमा गरिएको यो टिप्पणी अहिले नेपाली सन्दर्भमा पनि सान्दर्भिक देखिएको छ।
नेपाल र भारत बीच भाषिक, सांस्कृतिक र सामाजिक व्यवहारमा देखिने समानता जस्तै मिडियाको अभ्यासमा समेत समान प्रवृत्ति देखिन थालेको आरोप सार्वजनिक भएको छ। विशेषगरी, विदेशी पर्यटक उद्दार (रेस्क्यु) का नाममा हुने कथित ‘फेक रेस्क्यु’ प्रकरणले नेपाली मूलधारका सञ्चारमाध्यमको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा ‘फेक रेस्क्यु’ धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका राजेन्द्र बहादुर सिंह र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल बीचको मिलेमतो खुलेको छ। अनुसन्धान प्रतिवेदनमा समावेश ह्वाट्सएप संवादले समाचार निर्माणको स्रोत र प्रक्रियामाथि गम्भीर शंका उत्पन्न गरेको छ।
सीआईबीका अनुसार, सिंह—जो माउन्टेन हेलिकोप्टरका प्रबन्ध निर्देशक तथा विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्षसमेत हुन्। जसले ‘फेक रेस्क्यु’ मा संलग्न समूहलाई जोगाउन विभिन्न निकायलाई प्रभावमा पार्ने प्रयास गरेका थिए। उनले नागरिक उड्डयन प्राधिकरण सँगको समन्वयमा ‘रेस्क्यु’ शब्द नै प्रयोग नगर्ने र सबै उडानलाई ‘चार्टर फ्लाइट’का रूपमा देखाउने रणनीति अघि सारेको अनुसन्धानले देखाएको छ।
सीआईबीले २०८२ पुस ११ गते हेलिकोप्टर कम्पनीहरूको तथ्यांक माग गर्दै पत्राचार गरेको थियो। तर, प्राधिकरणबाट आएको जवाफमा अधिकांश विवरण नआएको उल्लेख गर्दै अनुसन्धानमा नियामक निकायलाई समेत प्रभावमा पारेर तथ्य लुकाउने प्रयास भएको निष्कर्ष निकालिएको छ।
यसैबीच, २०२६ जनवरी २५ मा सिंहले प्रधानसम्पादक लुइँटेललाई ह्वाट्सएपमार्फत ‘समाचारमा समेटिनुपर्ने बुँदा’ पठाएको भेटिएको छ। ती सन्देशहरूमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउने, ‘फेक रेस्क्यु’को उजुरी नभएको दाबी गर्ने, तथा पर्यटन उद्योगमाथि दबाब सिर्जना गरिएको जस्ता तर्क समावेश थिए। लुइँटेलले ती सन्देशहरूलाई ‘हस सर’, ‘स्योर सर’ जस्ता जवाफ दिएर स्वीकार गरेको देखिन्छ।
अर्को दिन अर्थात् जनवरी २६ मा प्रकाशित ‘पर्यटनको प्रतिवेदन एकातिर, सिआइबी अनुसन्धान अर्कैतिर’ शीर्षकको समाचारमा ती सन्देशहरू जस्ताको तस्तै समावेश गरिएको पाइएको छ। टपेन्द्र कार्कीको बाइलाइनमा प्रकाशित उक्त समाचारमा सिंहका दाबीलाई स्वतन्त्र स्रोतको रूपमा प्रस्तुत गरिएको देखिन्छ।
त्यसैगरी, २९ फागुन २०८२ मा प्रकाशित ‘फेक रेस्क्यु’ प्रकरणसम्बन्धी अर्को समाचारमा पनि उही विवरणलाई ‘सीआईबी स्रोत’ को सूचना भन्दै प्रयोग गरिएको छ। यसले समाचार लेखनमा स्रोतको विश्वसनीयता, सम्पादकीय स्वतन्त्रता र पत्रकारिताको आचारसंहितामाथि गम्भीर प्रश्न उठाएको छ।
यो घटनाले नेपाली मिडियामा व्यावसायिक दबाब, बाह्य प्रभाव र स्रोतको दुरुपयोग कति गहिरो रूपमा मौलाएको छ भन्ने स्पष्ट संकेत दिएको छ। वर्माले औंल्याएको ‘मिडिया–कर्पोरेट गठजोड’ को आशंका अब नेपाली परिवेशमा पनि बहसको विषय बन्न थालेको छ।
पत्रकारिता सत्य, निष्पक्षता र उत्तरदायित्वको आधारमा उभिनुपर्ने पेशा हो। तर, जब समाचार निर्माणमै बाह्य स्वार्थ हाबी हुन्छ, त्यसले केवल एउटा संस्थाको मात्र होइन, समग्र सञ्चार जगतकै विश्वसनीयता धरापमा पार्ने खतरा बढाउँछ।
समाज
थप सामाग्री-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
१ दिन अगाडि
1.4kViews 147 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा…



